नौ दिनपछि नेप्सेमा उच्च अंकको वृद्धि

RONB Update - Reporter
0
२६ बैशाख, काठमाण्डौँ (Source: Setopati): नौ कारोबार दिनपछि नेप्सेमा उच्च अंकको वृद्धि देखिएको छ। मंगलबार नेप्से ४४.१६ अंकले २,३१३ विन्दुमा पुगेको छ। नेप्सेमा वृद्धि देखिएपनि कारोबार रकम अघिल्लो दिनको तुलनामा ३ प्रतिशतले घटेको छ। आज जम्मा ३३ लाख ३० हजार १५० सेयर किनबेच हुँदा एक अर्ब ३५ लाख ६६ हजार रूपैयाँ कारोबार भएको छ। अघिल्लो दिन कारोबार रकम एक अर्ब ३९ करोड ६ लाख रूपैयाँ पुगेको थियो।

बजार न्यूनतम तहमा आएपछि बढेको खरिददारीले सेयर बजारलाई उचालेको हो। तर अझै पनि राम्रा कम्पनीहरूको मूल्य नबढेको एक ब्रोकरले बताए। 'अझैं आधारभूत पक्ष राम्रा भएका कम्पनीहरूको मूल्य बढेको छैन,' ती ब्रोकरले भने, 'अब एक पटक लगानीकर्ताहरू मुनाफा सुरक्षित गर्न थाल्नेछन्। यसपछि पनि बजारले वृद्धिको बाटो समाते बजार केही समय थप बढ्नेछ।

9 Dinpaxi NEPSE Ma Uccha Ankaley Bridhi

मंगलबार २२६ धितोपत्र तथा ऋणपत्र कारोबार हुँदा १९५ वटाको सेयर बढेको छ भने जम्मा २० वटाको मूल्य घटेको हो। कारोबारमा आएका १३ उपसमूहहरूमध्ये सबैको सकारात्मक देखिएको छ। आज सबैभन्दा धेरै फाइनान्सको ३.२७ प्रतिशत, विकास बैंकको २.६५ प्रतिशत र इनभेस्टमेन्टको २.२९ प्रतिशतले बढेको हो।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आज पनि सकारात्मक सर्किट ब्रेक लागेको छ। लघुवित्तको अघिल्लो दिन पनि सकारात्मक सर्किट ब्रेक लागेको थियो। यसको लागातार मूल्य वृद्धि भइरहेको छ।

जाल्पासँगै मंगलबार ङादी ग्रुप पावर लिमिटेड र बरुण हाइड्रोपावरको मूल्य वृद्धिमा सकारात्मक सर्किट ब्रेक लागेको छ।कम्पनीहरूले हकप्रद सेयर निस्कासनको लागि विद्युत नियमन आयोगबाट स्वीकृति पाएसँगै कम्पनीहरूको मूल्य बढेको हो। बरुण हाइड्रो पावरको प्रति सेयर कारोबार मूल्य चार सय ४७ रूपैयाँ र ङादी ग्रुप पावरको ६ सय ३३ रूपैयाँ पुगेर सर्किट ब्रेक लागेको हो।

यसपछि युनिभर्सल पावर कम्पनीको ९.९७ प्रतिशत, दिव्यश्वरी हाइड्रोपावरको ९.१७ प्रतिशत र नेसनल हाइड्रोपावर कम्पनीको ९.०८ प्रतिशतले सेयर मूल्य बढेको हो। कारोबार रकमको आधारमा पनि आज ङादी ग्रुप पावरको सबैभन्दा धेरै रकम कारोबार भएको छ। कम्पनीको ९ करोड ९८ लाख ३ हजार रूपैयाँ कारोबार भएको हो।

यसपछि अरूण भ्याली हाइड्रोपावरको ४ करोड २५ लाख २३ हजार रूपैयाँ, नेपाल टेलिकमको ३ करोड ८२ लाख ८९ हजार रूपैयाँ, बरुण हाइड्रो पावरको ३ करोड ७४ लाख २६ हजार रूपैयाँ र नबिल बैंकको ३ करोड ६८ लाख ८७ रूपैयाँको कारोबार भएको हो।

Source Link: Setopati

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !