हप्तामा २ दिन विदा भए पनि आइतबार अस्पतालका ओपीडी बन्द नहुने

RONB Update - Reporter
0
१८ बैशाख, काठमाण्डौँ (Source: Onlinekhabar): जेठ १ देखि हप्तामा दुई दिन सरकारी कार्यालय बन्द भए पनि अस्पतालका बहिरंग सेवा (ओपीडी) आइतबार भने बन्द नगर्ने भएको छ । उच्च स्रोतका अनुसार स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवा अति आवश्यक हुने भएकाले मन्त्रालय आइतबार ओपीडी सेवा बन्द नगर्ने निषकर्षमा पुगेको छ ।

‘दुई दिन बिदा नदिने पक्षमा स्वास्थ्यमन्त्री र सचिवको राय आएको छ । ठूला अस्पतालका प्रमुखलाई बोलाएर पुनः एक पटक छलफल गरेपछि सम्पूर्ण स्वास्थ्य संस्थालाई पत्राचार गरिने छ’, मन्त्रालयका एक उच्च अधिकारीले बताए । ती अधिकारीका अनुसार अस्पताल र स्वास्थ्य संस्थाका कर्मचारीलाई सट्टा विदा दिने गरी हप्तामा ६ दिन ओपीडी सेवा सञ्चालन गर्नेबारेमा छलफल भइरहेको छ । तर, निर्णय भन्ने भइसकेको छैन ।

Haptama 2 Din Bida Bhayhpani Aitabar Aspatalma OPD Banda Nahuney

लगातार दुई दिन सार्वजनिक बिदा हुँदा बिरामी मारमा पर्ने भएकाले स्वास्थ्य सेवालाई निरन्तरता दिनुपर्ने विज्ञहरुले बताउँदै आएका छन् । उता, नेपाल चिकित्सक संघ (एनएमए) ले सातामा दुई दिन बिदा दिने सरकारको निर्णयको स्वागत गरेको छ । संघले आइतबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य क्षेत्रमा पनि उक्त बिदा लागू गर्न माग गरेको छ ।

चिकित्सकले परिवारलाई समय दिन नसकेको, सधैं काममा व्यस्त रहँदा मानसिक तथा शारीरिक तनावमा रहनुपर्ने भएकाले दुई दिन बिदाको निर्णय राम्रो भएको चिकित्सक संघको जिकिर छ । 

Source Link: Onlinekhabar
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !