सरकारले बढायो सार्वजनिक सवारीको भाडा, कहाँको कति पुग्यो सूचीसहित

RONB Update - Reporter
0
०३ जेठ, काठमाण्डौँ (Source: ChetanTM): पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएसँगै सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ। वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रुपमा अन्तरप्रदेश सार्वजनिक सवारीको भाडा समायोजन भएको यातायात व्यवस्था विभागले जनाएको छ। अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीमा यात्रुबाहक तर्फ ३.५ प्रतिशत भाडा बढाएको छ। पहाडी बाटोमा गुड्ने मालबाहकमा ४.६ प्रतिशत र तराइको बाटोमा गुड्ने मालबाहक सवारीमा ५.१ प्रतिशत भाडा बढाएको हो।

Useful Link:

Latest Public Transportation Fare in Nepal

इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढी बढेमा स्वचालित रुपमा भाडा समायोजन हुने व्यवस्था छ। नेपाल आयत निगमले गत शनिबार इन्धनको मूल्य प्रतिलिटर १० रूपैयाँ बढाएसँगै भाडा समायोजन भएको हो। समायोजन भएको भाडा भोलिदेखि लागू हुने विभागले बताएको छ।

Useful Link:

Source Link: ChetanTM
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !