राष्ट्रिय परिचयपत्र बनाउँदा भुलेर पनि नगर्नुहोस यस्तो गल्ती

RONB Update - Reporter
0
२७ फागुन, काठमाण्डौँ (Source: Techpana): सरकारले अहिले देशव्यापी रूपमा राष्ट्रिय परिचयपत्रका लागि नागरिकको विवरण संकलन गरिरहेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार हरेक नागरिकले यस्तो परिचयपत्र अनिवार्य बनाउनुपर्छ । पछि यही परिचयपत्रका आधारमा विभिन्न सरकारी तथा अन्य सेवा लिन मिल्ने बताइएको छ । तर भिडभाड र समय अभावका कारण कतिपय सेवाग्राहीले सही विवरण पेश नगरिकनै राष्ट्रिय परिचयपत्र नम्बर लिएको पाइएको छ ।

पछिल्लाे समय ई-पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य बनाइएकाे छ । तर कतिपय नागरिकले सही विवरण समावेश नगरिकनै यस्ताे नम्बर लिने गरेकाे पाइएकाे छ । विशेषगरी बाहिरी जिल्लाबाट काठमाडौं आएका नागरिकले सक्कल कागजात नहुँदा यसरी झुठो विवरण दिएर राष्ट्रिय परिचयपत्र नम्बर लिने गरेका छन् । सक्कल कागजात लिन टाढा भएको र समयको कमीले विवाहित हुँदाहुँदै पनि केही नागरिकले अविवाहित भएको विवरण टिपाउने गरेका छन् । राष्ट्रिय परिचयपत्रका लागि सक्कली नागरिकताका साथै बसाइँसराई गरेको भए सो सम्बन्धित कागजपत्र आवश्यक पर्छ ।

साथै विवाहित व्यक्तिका लागि नागरिकतामा पति वा पत्नीको नाम नभए विवाह दर्ताको प्रमाणपत्र बुझाउनुपर्ने व्यवस्था छ । तर कतिपय सेवाग्राहीले आफूसँग सक्कल विवरण नहुँदा अविवाहित भनेरै राष्ट्रिय परिचयपत्र नम्बर लिइरहेका छन् । यसबाट तत्काल ई-पासपोर्ट बनाउने बाटो खुलेपनि भविष्यमा सेवाग्राहीलाई नै कानूनी झमेला पर्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक सुवास ढकाल बताउँछन् ।

Rastriya Parichaya Patra banauda Nagarnuparney Galti

‘गलत जानकारी उपलब्ध गराउँदा पछि सच्याउने बेलामा झमेला र सास्तीको शिकार हुनुपर्ने पनि सेवाग्राही नै हुन्,’ ढकालले भने । अर्कोतर्फ विवाहको सम्बन्धमा नाता लुकाएको आरोपसमेत लाग्नसक्ने उनको भनाइ छ । अहिले व्यक्तिको हरेक विवरण राष्ट्रिय परिचयपत्रमा समावेश गर्ने प्रक्रिया चलिरहेको छ । भविष्यमा यही परिचयपत्र र नम्बरका आधारमा नागरिकले विभिन्न सेवा पाउने बताइएको छ । तर झुठो विवरण पेश गर्दा त्यस्ता नागरिक राष्ट्रिय परिचयपत्रबाट लिनसक्ने लाभबाट वञ्चित हुनसक्ने ढकालले बताए । परिचयपत्रमा समावेश हुने जैविक विवरण फरक पर्न गएमा अन्य जानकारी विवादित हुने उनको भनाइ छ । 

‘अहिलेका लागि नागरिकले उपलब्ध गराएको कागजातका आधारमा कार्ड उपलब्ध गराउने हुँदा उक्त जानकारीलाई नै आधिकारिक मान्ने गरिन्छ । नागरिकले जानकारी लुकाएमा अथवा झुठको साहरा लिएमा सेवाग्राहीले नै झमेला बेहोर्नुपर्छ,’ उनले भने ।

राष्ट्रिय परिचयपत्रका लागि के के चाहिन्छ ?

  • नेपाली नागरिकताको सक्कल प्रमाणपत्र
  • नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेकोमा सो खुल्ने प्रमाणपत्र
  • बसाइँसराइ गरेको हकमा सोको सक्कल प्रमाणपत्र
  • विवाहितको हकमा नागरिकतामा पति वा पत्नीको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्र वा नाता खुल्ने प्रमाणको सक्कल
  • राहदानी लिएकाको हकमा सक्कल राहदानी (सकल संभव भएसम्म)

Source Link: Techpana

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !