आयो गज्जबको स्मार्टफोन, एकपटक चार्ज गरेपछि ९४ दिनसम्म ब्याट्री टिक्ने !

RONB Update - Reporter
0
२० जेठ, काठमाण्डौँ (Source: Onlinekhabar): बजारमा एक पछि अर्को अत्याधुनिक स्मार्टफोन आएसँगै ब्याट्रीको चार्ज नटिक्ने समस्या पनि बढ्दै गएको छ । स्मार्टफोन जति धेरै ठूलो तथा बढि फिचर्सयुक्त भयो ब्याट्रीको खपत पनि उति नै बढि हुन्छ । यस्तोमा कम्पनीहरुले उच्च ब्याट्री क्षमतायुक्त फोनहरु बजारमा ल्याइरहेका छन् । अहिलेसम्म बजारमा ७ हजार मिलिएम्पियर आवर क्षमताको ब्याट्री भएका केही स्मार्टफोन बजारमा देखिएका छन् । कतिपय स्मार्टफोनमा १० हजार मिलीएम्पियर आवरको ब्याट्री पनि रहेका छन् । तर यी सबै किर्तिमानलाई पछि पार्दै चीनको एक कम्पनीले २१ ह्जार मिलिएम्पियर आवर क्षमताको ब्याट्री भएको स्मार्टफोन बजारमा ल्याएको छ ।

Aayo Gajabko Smartphone Ekpatak Cgarge garyhpaxi 94 Din Battery Tikney

चिनिया ब्राण्ड Oukitelले WP19 नामक स्मार्टफोन सार्वजनिक गरेको छ । यो स्मार्टफोनमा २१ ह्जार मिलिएम्पियर आवर क्षमताको ब्याट्री रहेको छ । यो फोन एकपटक फुलचार्ज गरिसकेपछि केही हप्तासम्म तपाइँले चार्जरको सम्झना नगरेपनि हुन्छ । यो स्मार्टफोनमा एक पटक पूरा चार्ज गरेपछि १ सय २२ घण्टासम्म लगातार फोन कल गर्न सकिन्छ । साथै एक पटक फुलचार्ज गरेको ब्याट्रीले १ सय २३ घण्टासम्म गीत बजाउन सकिन्छ भने ३६ घण्टासम्म लगातार भिडियो चलाउन सकिन्छ ।

त्यस्तै एकपटक एकपटक फोन चार्ज गरेपछि यो स्मार्टफोन खुल्ला राख्दा ९४ दिन अर्थात् २२ सय ५२ घण्टासम्म यसको चार्ज टिक्दछ । तर यो फोनमा ठूलो ब्याट्री हुनुको घाटा पनि छ । यो फोन पूरा चार्ज हुनका लागि ४ घण्टा लाग्दछ । यसमा २७ वाटको फास्ट चार्जिङ रहेको छ । यो फोनलाई निकै विषम परिस्थितिमा पनि प्रयोग गर्न सकिन्छ ।

WP19 स्मार्टफोन वाटरप्रुफ रहेको छ । यसमा ६.७८ इन्चको डिस्प्ले राखिएको छ जसमा फुल एचडी प्लस रिजोलुसन तथा ९० हर्ज रिफ्रेस रेट रहेको छ । यसमा मिडियाटेक हिलियो न्ढछ प्रोसेसर राखिएको छ । फोनमा ८ जिबीको र्याम र २५६जिबीको इन्टरनल स्टोरेज दिइएको छ । 

पछाडिको भागमा ट्रिपल क्यामरा सेटअप रहेको छ । जसमा मूख्य क्यामरा ६४ मेगापिक्सेल छ । त्यस्तै २ मेगापिक्सेलको म्याक्रो क्यामरा र २० मेगापिक्सेलको सोनी नाइट भिजन आइआर मोड्युल रहेको छ । त्यस्तै १६ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ । यो फोनमा एन्ड्रोइन १२ अपरेटिङ सिस्टम रहेको छ । युरोपमा यो फोनको मूल्य ६सय ९४ युरो तोकिएको छ । 

Oukitel WP19 Specifications

BASIC INFO

Brand

Oukitel

Model

WP19

Status

Available

Release Date

2022, May

BODY

Dimensions

161.7 x 78.5 x 14 mm

Weight

485 g

Colors

Pearl Black

Body Material

Front glass / Plastic body

SIMs

Dual SIM (Nano-SIM, dual stand-by)

DISPLAY

Size

6.78 inches

Type

IPS LCD capacitive touchscreen, 16M colors

Resolutions

1080 x 2460 pixels, 18:9 ratio

PPI

395 ppi density

Multi touch

Yes

Protection

-

NETWORKS

2G

GSM 2(1900), 3(1800), 5(850), 8(900) - SIM 1 and SIM 2

3G

HSDPA Band 1(2100), 2(1900), 4(1700), 5( 850)

4G

LTE band 1, 2, 3, 5, 7, 8, 20, 38,, 40

5G

No

Speed

HSPA 42.2/5.76 Mbps, LTE Cat4 150/50 Mbps

GPRS

Yes

EDGE

Yes

CAMERA

Rear Triple

Main: 64 MP, PDAF, F/1.8
Ultrawide: 5MP, F/2.2, 117° FoV
Depth: 2MP, f/2.4

Features

LED, HDR, panorama

Videos

1080p@30fps

Front

16 MP
720p@30fps

HARDWARE

OS

Android 12

Chipset

Mediatek MT6761 Helio A22 (12 nm)

CPU

Quad-core (2.0GHz Cortex-A53)

GPU

Mali-G76 MC4

RAM

8GB

Storage

256GB

Card Slot

Yes, up to 512GB via microSD card

BATTERY

Type

Li-Po

Capacity

21000 mAh

Removable

Non-Removable

Talk Time

N/A

Stand By

N/A

Fast Charging

Fast battery charging 33W

Wireless Charging

-

COMMONS

Sound

3.5mm jack yes with Loudspeaker

Sensors

Fingerprint (side-mounted), accelerometer, proximity, compass

Bluetooth

5.0 , A2DP, LE

GPS

Yes, with AA-GPS, GLONASS, BEIDOU, GALILEO

USB

USB Type-C, USB 2.0

Wi Fi

Wi-Fi 802.11 a/b/g/n, Wi-Fi Direct, hotspot

NFC

No



Source Link: Onlinekhabar

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !